दफा ४०
निर्देशन दिन सक्ने
(१) आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगले निर्देशन दिएकोमा सम्बन्धित निकाय वा पदाधिकारीले त्यस्तो विषयमा आवश्यक कारबाही गरी आयोगलाई त्यसको जानकारी दिनु पर्नेछ ।
(३) आयोगले सचिव, आयोगका कर्मचारी, निर्वाचन अधिकृत, निर्वाचन अधिकारी, मतदान अधिकृत, सहायक मतदान अधिकृत, अनुगमनमा खटिएका अधिकृत, नाम दर्ता अधिकारी वा निर्वाचनमा खटिएका अन्य कुनै कर्मचारी वा व्यक्तिलाई निजले गर्नु पर्ने कामका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम आयोगले दिएको निर्देशन पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ।